Sagun Khabar
बैतडीमा भोलीदेखि भेरोसेलको दोश्रो मात्रा दिइने 

बैतडी –बैतडीमा भोलीदेखि कोरोना विरुद्ध भेरोसेल खोपको दोश्रो मात्रा दिइने भएको छ । गएको साउन १७ गतेदेखि विभिन्न मितिमा भेरोसेल खोपको पहिलो मात्रा लगाएका नागरिकलाई दोश्रो मात्रा दिने तयारी भएको स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाईजर निरीक्षक हरिश भट्टले जानकारी दिए । 

भेरोसेल खोपको दोश्रो मात्रा प्रत्येक वडाका खोपकेन्द्रबाट दिने तयारी भएको उहाँले बताए । भोली र पर्सी ाटन नगरपालिकामा खोप अभियान सञ्चालन हुनेछ भने दोगडाकेदार गाउँपालिकामा भदौ १० र ११ गते खोप दिइने स्वास्थ्य कार्यालयले जनाएको छ । 

Atrya hospital

यस्तै पुर्चौंडी नगरपालिकामा भदौ ११ र १२ गते खोप दिइनेछ भने दशरथचन्द नगरपालिका, सुर्नया गाउँपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा भदौ १२ र १३ गते भेरोसेलको दोश्रो मात्रा दिइने खोप सुपरभाईजर निरीक्षक भट्टले जानकारी दिए । 

यस्तै सिगास गाउँपालिकामा भदौ १५ र १६ गते खोप दिइने छ भने डिलाशैनी गाउँपालिकामा भदौ १६ र १७ गते खोप अभियान सञ्चालन हुनेछ ।

खोप लगाउन जाँदा खोप कार्ड सहित खोपकेन्द्रमा जान स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । यस्तै खोप लगाउँदा स्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न समेत स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । 

प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८  १८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update