Sagun Khabar
अछामको जयगढमा आगलागी : सात करोड बढीको क्षति 

अछाम–अछामको बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा गएराति भएको भीषण आगलागीमा २९ वटा घर तथा पसल जलेका छन् । 

आगलागीबाट सात करोडभन्दा बढीको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ । 

Atrya hospital

मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई केन्द्रको सिलिण्डर विष्फोट हुँदा फैलिएको आगोले बजार सखाप पारेको हो । 

जलेका २९ घरमध्ये ११ वटामा स्थानीय व्यापारीले पसल सञ्चालन गरेका थिए । अछामका प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले आगलागीबाट सात करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको जानकारी दिँदै क्षतिको पूर्ण विवरण संकलनको काम भइरहेको बताए । 

मंगलबार साँझ सवासात बजेतिर शुरु भएको आगलागी राति साढे १२ बजे नियन्त्रणमा आएको थियो ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, मंगलसेन नगरपालिकाको दमकल र स्थानीयबासिन्दाहरुको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । 
 

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update