Sagun Khabar
बैतडीमा सोमबार दुईजना संक्रमणमुक्त, थप एकजनामा कोरोना पुष्टि 

बैतडी –बैतडीमा सोमबार दुईजना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लाको दशरथचन्द नगरपालिका र सिगास गाउँपालिकामा रहेका एक÷एक जना संक्रमणमुक्त भएका हुन् ।

यस्तै आज थप एकजनामा कोरोना पुष्टि भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका ४ का १७ बर्षीया महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Atrya hospital

जिल्लामा अहिले २७ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा १३ जना, मेलौली नगरपालिकामा ६ जना, दोगडाकेदार गाउँपालिकामा ४ जना, पुर्चौंडी नगरपालिकामा २ जना, सिगास गाउँपालिकामा १जना र सुर्नया गाउँपालिकामा एकजना रहेका छन् ।

जिल्लाका चारओटा स्थानीय तहमा तत्कालका लागि कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । डिलाशैनी गाउँपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र पाटन नगरपालिकामा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update