Sagun Khabar
सुदूरपश्चिममा सोमबार ५१ जना संक्रमणमुक्त, थप १८ जनामा कोरोना पुष्टि 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा सोमबार ५१ जना कोरोना संक्रमणमुक्त भएका छन् । प्रदेशका विभिन्न जिल्लामा रहेका संक्रमित मध्ये ५१ जना आज निको भएका स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना पुष्टि भएको छ । ७७४ जनाको नमूना परीक्षण गर्दा १८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

सुदूरपश्चिममा सोमबार कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको निर्देशनालयले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update