Sagun Khabar
सुदूरपश्चिममा आइतबार २९ जनाले कोरोना जिते, थप एकजनामा कोरोना पुष्टि 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा आइतबार २९ जनाले कोरोना जितेका छन् । प्रदेशका विभिन्न जिल्लामा रहेका संक्रमित मध्ये २९ जना निको भएका स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरी एकजनामा मात्रै संक्रमण पुष्टि भएको छ । ७५८ जनाको नमूना परीक्षण गर्दा १ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यस्तै सुदूरपश्चिममा आइतबार कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको निर्देशनालयले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, भदौ ६, २०७८  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update