Sagun Khabar
बैतडीमा आइतबार थप एकजनामा कोरोना पुष्टि 
Atrya hospital

बैतडी –बैतडीमा आइतबार थप एकजनामा कोरोना पुष्टि भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका ६ का एकजना २२ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या २८ जना रहेको छ । सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा १३ जना, मेलौली नगरपालिकामा ६ जना, दोगडाकेदार गाउँपालिकामा ४ जना, सिगास गाउँपालिकामा २ जना, पुर्चौंडी नगरपालिकामा २ जना र सुर्नया गाउँपालिकामा एकजना रहेका छन् ।

जिल्लाका चारओटा स्थानीय तहमा तत्कालका लागि कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । डिलाशैनी गाउँपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र पाटन नगरपालिकामा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, भदौ ६, २०७८  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update