Sagun Khabar
बैतडीमा २९ हजार बढी नागरिकको कोरोना परीक्षण

 बैतडी –बैतडीमा २९ हजार बढी नागरिकको कोरोना परीक्षण गरिएको छ । जिल्लाभरी पीसीआर र एन्टीजेन विधिबाट २९ हजार १८ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । कोरोना संक्रमण फैलिएयता परीक्षण गरिएका मध्ये २ हजार ७१५ जनामा कोरोना पुष्टि भएको छ । 

पीसीआर विधिबाट १४ हजार ७५६ जनाको कोरोना परीक्षण गरिएको र ती मध्ये २ हजार २९३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति चन्दन सुवेदीले जानकारी दिए । यस्तै एन्टीजेन विधिबाट १४ हजार २६२ जनाको कोरोना परीक्षण गरिएकोमा ४२२ जनामा कोरोना पुष्टि भएको उनले बताए । 

Atrya hospital

कोरोना पुष्टि भएका मध्ये १८ जनाको मृत्यु भईसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना भाइरस संक्रमणको जोखिक कायमै रहेकाले स्वास्थ्यका मापदण्ड अपनाउनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । 

चाडपर्वको समय नजिक आएकाले यो बेला भीडभाड नगर्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । भीडभाडका बेला कोरोना भाइरसको जोखिम बढ्ने भएकाले सतर्क रहन आग्रह गरिएको हो । 

प्रकाशित मिति: आइतबार, भदौ ६, २०७८  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update