Sagun Khabar
अफगानिस्तानमा रहेका बैतडीका नागरिकको विवरण संकलन गरिँदै 
Atrya hospital

बैतडी –जिल्ला प्रशासन कार्यालय बैतडीले अफगानिस्तानमा रहेका बैतडीका नागरिकको विवरण संकलन गर्न थालेको छ । अफगानिस्तानमा रहेका नागरिकको उद्धार गर्ने सरकारको निर्णयानुसार नागरिकको विवरण संकलन गर्न थालिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । 

अफगानिस्तानमा रहेका नागरिकको विवरण पठाउन जिल्लाका सबै स्थानीय तहहरुलाई पत्राचार समेत गरिएको उनले बताए । अफगानिस्तानमा रहेका नागरिकको विवरण संकलन कार्य सोमबार भित्र गरिसक्न स्थानीय तहहरुलाई भनिएको सूचना अधिकारी भारतीले बताए । 

स्थानीय तहबाट प्राप्त भएको विवरण गृहमन्त्रालयमा पठाइने बताइएको छ । प्रशासनको पत्रअनुसार स्थानीय तहरुले वडा कार्यालयमार्फत विवरण संकलन गरिरहेका छन् । 
 

प्रकाशित मिति: आइतबार, भदौ ६, २०७८  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update