Sagun Khabar
सुदूरपश्चिममा शनिबार ४६ जना संक्रमणमुक्त, थप १५ जनामा कोरोना पुष्टि 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा शनिबार ४६ जना कोरोना संक्रमणमुक्त भएका छन् । प्रदेशका विभिन्न जिल्लामा रहेका संक्रमित मध्ये ४६ जना संक्रमणमुक्त भएका स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना पुष्टि भएको छ । ९६९ जनाको नमूना परीक्षण गर्दा थप १५ जनामा कोरोना पुष्टि भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

सुदूरपश्चिममा शनिबार कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको निर्देशनालयले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, भदौ ५, २०७८  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update