Sagun Khabar
बैतडीमा शनिबार तीनजना संक्रमणमुक्त, थप एकजनामा कोरोना पुष्टि 
Atrya hospital

बैतडी –बैतडीमा शनिबार तीन जना कोरोना संक्रमणमुक्त भएका छन् । दशरथचन्द नगरपालिका २ जना र पुर्चौंडी नगरपालिकाका एकजना संक्रमणमुक्त भएका स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै शनिबार बैतडीमा थप एकजनामा कोरोना पुष्टि भएको छ । सिगास गाउँपालिका २ का १७ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति चन्दन सुवेदीले जानकारी दिए ।

जिल्लामा अहिले २९ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा १२ जना, मेलौली नगरपालिकामा ६ जना, दोगडाकेदार गाउँपालिकामा ४ जना, पुर्चौंडी नगरपालिकामा २ जना, सिगास गाउँपालिकामा २ जना र सुर्नया गाउँपालिकामा एकजना रहेका छन् ।

जिल्लाका ४ ओटा स्थानीय तहमा तत्कालका लागि कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, डिलाशैनी गाउँपालिका र पाटन नगरपालिकामा सक्रिय संक्रमितको संख्या शुन्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, भदौ ५, २०७८  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update