Sagun Khabar
अछाममा माटोको ढिस्कोमा पुरिएर दुई महिलाको मृत्यु 
Atrya hospital

अछाम –अछाममा माटोको ढिस्कोले पुरिएर दुई महिलाको मृत्यु भएको छ । 

जिल्लाको मंगलसैन नगरपालिका ९ ओलीगाउँ रातामाटे भन्ने ठाउँमा माटो खन्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोमा पुरिएर मंगलसैन नगरपालिका–८ सुतडाकी २८ बर्षीया देउरुपा बोहरा र २५ बर्षीया बिनिता बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृत्यु हुने एकै घरका देउरानी–जेठानी रहेको बताइएको छ । 
 

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  ०८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update