Sagun Khabar
बैतडीमा अक्सिजन बैंक स्थापना 
Atrya hospital

बैतडी –बैतडीमा अक्सिजन बैंक स्थापना गरिएको छ । कोरोना भाइरसको सम्भावित तेश्रो लहरलाई मध्यनजर गर्दै अक्सिजनको अभाव नहोस भनेर अक्सिजन बैंक स्थापना गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । जिल्ला सदरमुकाममा स्थापना गरिएको बैंकमा अक्सिजन सिलिण्डर र अक्सिजन कन्सन्ट्रेटर राखिएका उनले बताए । उनले भने ‘जिल्लाका अक्सिजनको अभाव नहोस भनेर अक्सिजन बैंक स्थापना गरेका हौं ।’

तत्कालका लागि अक्सिजन बैंकमा ३३ ओटा अक्सिजन सिलिण्डर र ६५ ओटा अक्सिजन कन्सन्ट्रेटर राखिएका स्वास्थ्य प्रमुख भट्टले बताए । अक्सिजनको आवश्यताका परेमा जिल्लाका जुनसुकै ठाउँमा जुनसुकै बेला पनि उपलब्ध गराउन सकिने हिसाबले अक्सिजन बैंकको स्थापना गरिएको हो ।

अक्सिजनको अभावमा बिरामीहरुलाई समस्या नहोस भनेर अक्सिजन बैंकको स्थापना गरिएको बताइएको छ । अक्सिजन बैंकमा थप सिलिण्डर र कन्सन्ट्रेटर राखिने स्वास्थ्य प्रमुख भट्टले जानकारी दिए । 
 

प्रकाशित मिति: शनिबार, भदौ ५, २०७८  १४:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update