Sagun Khabar
बैतडीका चार नगरपालिकामा तीन करोड पैतिस लाख कृषी बजेट - कुन पालिकामा कति  ...?

गोविन्द पन्त बैतडी - बैतडीमा स्थानीयतहरुले बर्षने खर्च गर्ने बजेट मध्ये चालू आर्थिक बर्षमा जिल्लाका चार पालिकामा मात्रै लगभग तीन करोड पैतिस लाख बराबरको बजेट कृषि क्षेत्रको लागि विनियोजन गरिएको छ ।

जिल्लाका स्थानीयतह मध्ये पाटन नगरपालिका , दशरथचन्द नगरपालिका , मेलौली नगरपालिका र पुर्चौडी नगरपालिका गरि चार पालिकामा चालू आर्थिक वर्ष २०८१/८२ को लागि पालिका , प्रदेश र संघीय अनुदान गरेर एक आर्थिक वर्षमा तीन करोड पैतिस लाख बराबरको बजेट कृषि क्षेत्रको लागि विनियोजन गरिएको बताइएको छ ।

जिल्लाको पाटन नगरपालिकामा चालू आर्थिक वर्षमा कृषिको लागि जम्मा बजेट तीस लाख बराबर रहेको छ । उक्त बजेट अन्तर्गत नगरपालिका भित्र रहेका किसानहरुलाई सहजीकरणको लागि कृषि यान्त्रिक कार्यक्रम संचालन गर्न , बेमौसमी तरकारी खेती गर्न, किसानहरुलाई पचास प्रतिशत अनुदानमा मिनिटिलर , थ्रेसर जस्ता उपकरण उपलब्ध गराउन नगरपालिकाबाट १० लाख बजेट विनियोजन गरिएको पाटन नगरपालिकाका कृषि शाखा प्रमुख महेश प्रसाद अवस्थीले बताए ।

Atrya hospital

चालू आर्थिक वर्षमा पाटन नगरपालिकामा सशर्त संघीय अनुदान कार्यक्रम अन्तर्गत किसानलाई खाद्यान्न बालीको बीउ उपयोग अनुदान गहु र धान बालिको बिउमा ५० प्रतिशत अनुदान उपलब्ध गराउन ८ लाख बजेट विनियोजन गरिएको छ । नगरपालिकामा प्रदेशबाट साना सिचाइ अनुदान अन्तर्गत १२ लाख बजेट रहेको कृषि शाखा प्रमुख अवस्थीले बताए ।

यस्तै दशरथचन्द नगरपालिकामा पनि चालू आर्थिक वर्षमा कृषिको लागि जम्मा बजेट सहत्तरी लाख रहेको छ । उक्त बजेट अन्तर्गत नगर स्तरीय कृषि कार्यक्रमहरुको लागी २२ लाख नगरपालिकाबाट विनियोजन गरिएको छ भने सशर्त संघीय अनुदान कार्यक्रम अन्तर्गत किसानलाई खाद्यान्न बालीको बीउ वितरण गर्न १२ लाख बजेट रहेको दशरथचन्द नगरपालिकाका कृषि शाखा प्रमुख दिपक कार्कीले बताए ।

नगरपालिकामा कृषिको लागि प्रदेशबाट कृषि यान्त्रीकरणको लागि १५ लाख , कृषि एम्बुलेन्सको लागि १५ लाख, उत्पादनमा आधारित स्थानीय गुड उत्पादनको लागि ६ लाख बजेट रहेको बताइएको छ । विशेष अनुदान अन्तर्गत विशेष आय आर्जनको लागि कृषि र पशु दुवैको लागि एकमुष्ट रकम १ करोड ६० लाख रहेको कृषि शाखा प्रमुख कार्कीले बताएका छन ।

जिल्लाको मेलौली नगरपालिकामा पनि चालू आर्थिक वर्षमा कृषिको लागि जम्मा बजेट पैतिस लाख रहेको छ । जस अन्तर्गत मकै कार्यक्रमको लागि १४ लाख, साना सिचाइको लागि १२ लाख र तोरि, भटमास, कोदो को खेती गर्नेलाई किसानलाई जनही नगद १० हजार अनुदान जस्ता कार्यक्रम रहेको मेलौली नगरपालिकाका कृषि शाखा प्रमुख अनिल प्रसाद पन्तले बताए ।

उक्त कृषि बजेटबाट नगरपालिका भित्र रहेका कृषकको लागि आयमुलक बृक्षारोपण गर्न माटो परिक्षण कार्यक्रम , मेलौली नमुना कृषि नर्सरी , नास्पती कलमी अभियान, हावापानी सुहाउँदो तोरिको बीउ खरिद तथा वितरण जस्ता कार्यक्रम रहेको शाखा प्रमुख पन्तले बताए ।

जिल्लाका चार नगरपालिका मध्ये पुर्चौडी नगरपालिकामा भने चालू आर्थिक वर्षमा कृषिको लागि जम्मा बजेट चालीस लाख रहेको छ । उक्त बजेटबाट नगरपालिकामा हिउँदे फलफूल वितरण गरिसकेको र अहिले कृषि पाठशाला संचालन रहेको बताइएको छ । यस्तै नगरपालिकामा बीउ बिजन, मिनिकिट, बिसादी खरिद , साना सिचाइ कार्यक्रम जस्ता काम गरिरहेको पुर्चौडी नगरपालिकाका कृषि शाखा प्रमुख उत्तम बहादुर बिष्टले बताए ।

दश वटा स्थानीयतह रहेको बैतडी जिल्लामा कृषिकोलागि वर्षने करौडौ बजेट विनियोजन गरिने भएपनी उपलब्धि भने न्यून देखिने गरेको छ । दस स्थानीयतह मध्ये चार वटा नगरपालिकाको मात्रै तथ्यांक हेर्दा चालू आर्थिक वर्षमा बैतडीमा चार नगरपालिकाले तीन करोड पैतिस लाख बराबरको बजेट कृषि क्षेत्रकोलागि खर्च गर्ने भएका छन ।

 

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १६:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update