Sagun Khabar
बैतडी  : पाटन नगरपालिका वडा नं ९ मा गरिएको तालाबन्दी खुल्यो 
Atrya hospital

बैतडी –बैतडीको पाटन नगरपालिका वडा नं ९ मा गरिएको तालाबन्दी खुलेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काम गरेको पैसा नपाएको भन्दै मजदुरहरुले सोमबार वडा कार्यालयमा तालाबन्दी गरेका थिए । 

नगरपालिकाबाट रकम भुक्तानी भईसक्दा समेत वडा कार्यालयले भुक्तानी नगरेको मजदुरहरुको आरोप रहेको छ । पाटन नगरपालिका वडा नं ९ का वडा अध्यक्ष अहिले उपचारको क्रममा धनगढीमा रहेका र आफू आएपछि समस्या समाधान गर्ने प्रतिबद्धता जनाएपछि मजदुरहरुले तालाबन्दी खोलेका हुन् । 

कार्यवाहक वडा अध्यक्ष इन्द्रबहादुर बोहराको उपस्थितीमा मजदुर र वडाबीच सहमति भएर मंगलबार ताला खोलिएको वडा कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, भदौ २, २०७८  ०७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update