Sagun Khabar
पूर्व एसपीका छोरा क्यान्सरसँग लड्दै , उपचारका लागि सहयोग गरिदिन आग्रह 
Atrya hospital

बैतडी –नेपाल प्रहरीका पूर्व एसपी गोविन्दराम परियारका छोरा विशाल गौतम क्यान्सर रोगबाट पीडित भएका छन् । क्यान्सर रोगबाट पीडित बनेपछि विशाल गौतमको संयुक्त राज्य अमेरिकाको मियो क्लिनिक अस्पताल रोचेस्टर मिनेसोटामा डेढ महिनादेखि उपचार भईरहेको हो । 

अध्ययनको सिलसिलामा संयुक्त राज्य अमेरिका पुगेका गौतमलाई माईलोफाइब्रोसिरका कारण तत्काल बोन म्यारो प्रत्यारोपण गर्न अस्पतालका चिकित्सकले सल्लाह दिएका छन् । क्यान्सरको उपचार गराईरहेका गौतमको तौल दिनप्रतिदिन घट्दै गईरहेको छ ।
गौतमको परिवारको आर्थिक अवस्था कमजोर भएपछि अस्पतालको बेडमा औषधीको बिलहरु थुपारिएका छन् । गौतमको बोन म्यारो प्रत्यारोपणको उपचारका लागि ७ लाख ५० हजार अमेरिकी डलर खर्च लाग्ने अस्पतालले जनाएको छ ।

गौतमको उपचारका लागि परिवारको आर्थिक स्रोत नपुग्ने भएकाले सक्दो सहयोग गरिदिन सामाजसेवि तथा विश्व हिन्दु महासंघका उपाध्यक्ष जोत्सना साउदले आग्रह गरेकी छन् । उपाध्यक्ष साउदले गौतमको जीवन रक्षाका लागि व्यक्तिगत तथा संघ संस्थालाई आफुले सक्दो सहयोग गरिदिन अपिल गरेकी हुन् । 
 

प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८  १८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update