
अछाम –अछाममा ढुंगा खानीमा पहिरो खस्दा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
जिल्लाको मेल्लेख गाउँपालिका–५ कौलेनामा ढुङ्गा निकाल्ने क्रममा ढुङ्गा खानीमाथिबाट पहिरो खस्दा सोही वडाका ६३ वर्षीय नर बहादुर खड्काको घटनास्थलमै मृत्यु भएको हो । साथै उनका भतिजा ४८ वर्षीय भीमबहादुर खड्का गम्भीर घाइते भएका छन् ।
ढुङ्गा निकाल्ने क्रममा आइतबार दिउसो २ बजे एक्कासि माथि बाट पहिरो खस्दा काकाको घटनास्थलमा नै मृत्यु भएको हो भने भतिजा गम्भीर घाइते भएका हुन् ।
घाइतेको कम्मर र शरीरको पछाडिको भागमा गम्भीर चोट लागेको र उनलाई उपचारका लागी बयालपाटा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, माघ २७, २०८१ १७:१०
प्रतिक्रिया दिनुहोस्