Sagun Khabar
सुदूरपश्चिममा मंगलबार थप ३८ जनामा कोरोना पुष्टि, १९ जना संक्रमणमुक्त 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा मंगलबार थप ३८ जनामा कोरोना पुष्टि भएको छ । प्रदेशभरी ८१९ जनाको नमूना परीक्षण गर्दा थप ३८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरी १९ जना संक्रमणमुक्त भएका छन् । मंगलबार सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । 

प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update