Sagun Khabar
बैतडीमा चितुवाको बच्चा मृत फेला पर्यो 
Atrya hospital


बैतडी– बैतडीमा चितुवाको बच्चा मृत अवस्थामा फेला परेको छ । महाकाली लोकमार्ग अन्तर्गत बैतडीको डिलाशैनी गाउँपालिका ६ श्रीशैनमा चितुवा बच्चा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । 

चितुवा बच्चालाई गाडीले ठक्कर दिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । मृत चितुवा बच्चालाई डिभिजन वन कार्यालयको परिसरमा गाडिएको प्रहरीले जनाएको छ । मृत फेला परेको चितुवाको बच्चा ६ महिनाको हुन सक्ने अनुमान गरिएको छ । 

प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update