Sagun Khabar
बैतडीमा मंगलबार तीनजना संक्रमणमुक्त, नयाँ संक्रमित शुन्य 
Atrya hospital

बैतडी–बैतडी मंगलबार तीनजना कोरोना संक्रमणमुक्त भएका छन् । दशरथचन्द नगरपालिकाका ३ जना आज कोरोना संक्रमणमुक्त भएका स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति चन्दन सुवेदीले जानकारी दिए  । पछिल्लो २४ घण्टामा बैतडीमा नयाँ संक्रमितको संख्या शुन्य रहेको छ । ४२ जनाको एन्टीजेन परीक्षण गर्दा सबैको रिपोट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या २४ जना रहेको छ । सक्रिय संक्रमित मध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा १७ जना रहेका छन् । यस्तै दोगडाकेदार गाउँपालिकामा ३ जना, पुर्चौंडी नगरपालिकामा २ जना, सुर्नया गाउँपालिका र सिगास गाउँपालिकामा एक÷एक जना सक्रिय संक्रमित रहेका छन् ।

जिल्लाका ५ ओटा स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका छन् । मेलौली नगरपालिका,पाटन नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र डिलाशैनी गाउँपालिकामा तत्कालका लागि कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।  

प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update