Sagun Khabar
बैतडीमा भीरबाट लडेर एक किशोरीको मृत्यु 
Atrya hospital

बैतडी –बैतडीमा भीरबाट लडेर एक किशोरीको ज्यान गएको छ । जिल्लाको सुर्नया गाउँपालिका ७ कठमडाकी १३ बर्षीया रुपा साउँदको भीरबाट लडेर ज्यान गएको पारिवारिक श्रोतले जनाएको छ ।

गोरुलोटे भन्ने भीरबाट साउँद सोमबार दिउँसो घास काट्ने क्रममा लडेको र घटनास्थलमै मृत्यु भएको बताइएको छ । साउँद केदार मावि कठमडामा कक्षा ५ मा अध्ययनरत थिइन् । 

प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८  ०७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update