Sagun Khabar
सुदूरपश्चिममा सोमबार ४१ जना संक्रमणमुक्त, थप ४० जनामा कोरोना पुष्टि 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा सोमबार ४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । प्रदेशका विभिन्न जिल्लामा रहेका संक्रमित मध्ये ४१ जना संक्रमणमुक्त भएका स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरी थप ४० जनामा संक्रमण पुष्टि भएको छ । ९०५ जनाको नमूना परीक्षण गर्दा थप ४० जनामा कोरोना पुष्टि भएको हो । यस्तै सोमबार सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको निर्देशनालयले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update