अछाम –अछाममा दुई किशोरी मृत अवस्थामा फेला परेका छन् ।
बाख्रा चराउन गएका ढकारी गाउँपालिका–८ पल्साता बस्ने १३ बर्षीया सरस्वती खड्का र १५ वर्षीया ईश्वरी खड्काको शव फेला परेको अछामका प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले बताए । मृतक किशोरी एकै घरका फुपू, भदै नाता पर्ने उनले बताए । प्रहरी प्रमुख भण्डारीका अनुसार सरस्वती र ईश्वरी शुक्रवार गाईवस्तु चराउन सँगै जंगल गएका थिए ।
साँझसम्म उनीहरु घर नफर्केपछि खोजी गर्दै जाँदा शनिबार दुवै जना मृत फेला परेका हुन् । किशोरीका परिवारले खोजी गर्ने क्रममा स्थानीय षोडशा सामुदायिक वनमा शनिवार साँझ ६ बजेपछि उनीहरु जंगलमा मृत अवस्थामा भेटिएको भण्डारीले जानकारी दिए ।
घटनास्थलमा प्रहरी पुगिसकेको र आज बिहानैदेखि घटनाको अनुसन्धान हुने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, माघ १३, २०८१ ०८:२३
प्रतिक्रिया दिनुहोस्