Sagun Khabar
बैतडीमा पाँच स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमित शुन्य 

बैतडी –बैतडीका १० ओटा स्थानीय तह मध्ये ५ ओटा स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमित शुन्य भएका छन् । तत्कालका लागि पाँच ओटा स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । 

जिल्लाको पाटन नगरपालिका, मेलौली नगरपालिका, डिलाशैनी गाउँपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । 

Atrya hospital

कोरोनाको दोश्रो लहर फैलिएपछि पाटन नगरपालिकामा आज कोरोनाका सक्रिय संक्रमित शुन्य भएका हुन् । पाटनमा मात्रै कोरोनाको दोश्रो लहर फैलिएका बेला ४ जनाको कोरोनाबाट मृत्यु भएको थियो । 

जिल्लामा तत्काल कोरोना संक्रमणदर केही घटेको भएपनि जोखिम कायमै रहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । उनले भने ‘कोरोनाको जोखिम कायमै रहेको छ । त्यसैले हामीले स्वास्थ्यका मापदण्ड अपनाउने कुरामा ध्यान दिनु आवश्यक छ ।’
 

प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८  १६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update