Sagun Khabar
बैतडीमा सोमबार ५ जना संक्रमणमुक्त, थप ४ जनामा कोरोना पुष्टि 

बैतडी –बैतडीमा सोमबार ५ जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा रहेका सक्रिय संक्रमित मध्ये ५ जना संक्रमणमुक्त भएका स्वास्थ्य कार्यालयले जनाएको छ । 

यस्तै आज थप ४ जनामा कोरोना पुष्टि भएको छ । दशरथचन्द नगरपालिकाका ३ र दोगडाकेदार गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो । जिल्लामा अहिले २७ जना सक्रिय संक्रमित रहेका छन् ।

Atrya hospital

सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा २० जना, दोगडाकेदार गाउँपालिकामा ३ जना, पुर्चौंडी नगरपालिकामा २ जना, सुर्नया गाउँपालिका र सिगास गाउँपालिकामा एक÷एक जना सक्रिय संक्रमित रहेका छन् । 

जिल्लामा अहिले ५ ओटा स्थानीय तहमा मात्रै कोरोनाका सक्रिय संक्रमित रहेका छन् । तत्कालका लागि ५ ओटा स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update