Sagun Khabar
बैतडीको सुर्नया ३ मा स्वास्थ्यकर्मीको अगुवाईमा बाटो निर्माण 
Atrya hospital

बैतडी –बैतडीको सुर्नया गाउँपालिका वडा नं ३ मा स्वास्थ्यकर्मीहरुको अगुवाईमा गोरेटो बाटो निर्माण गरिएको छ । सुर्नया गाउँपालिका वडा नं ३ को भौनेलीमाण्डौंदेखि वडा कार्यालय सम्मको गोरेटो बाटो निर्माण गरिएको वासुलिंग स्वास्थ्यचौकीका प्रमुख दलबहादुर बिष्टले बताए । 

स्थानीय युवाहरु र स्वास्थ्यकर्मीहरु मिलेर बाटो निर्माण गरिएको बिष्टले बताए । बर्षातको समयमा बाटोमा हिडडुल गर्न सक्ने अवस्था नभएपछि बाटो निर्माण गरिएको हो । 

वडा नं ३ को कार्यालयका साथै सतबाँझ, धरमघर पुग्न पनि स्थानीयहरुले सोही बाटो प्रयोग गर्ने भएकाले आफूहरुले बाटो निर्माण गरेको बिष्टले बताए । 
 

प्रकाशित मिति: आइतबार, साउन ३१, २०७८  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update