Sagun Khabar
बैतडीको पाटन नगरपालिमा बालविकास सहजकर्ता र विद्यालय कर्मचारीद्वारा तालाबन्दी 

बैतडी –बैतडीको पाटन नगरपालिकामा तालाबन्दी गरिएको छ । बालविकास सहकर्ता र विद्यालय कर्मचारीहरुले नगरपालिकामा तालाबन्दी गरेका हुन् । तलब वृद्धिको माग राख्दै उनीहरुले नगरपालिकामा तालाबन्दी गरेका हुन् । 

संघीय सरकारले बजेट भाषणको बेला बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको न्यूनतम तलब १५ हजार हुनुपर्ने र त्यसमा ७ हजार स्थानीय सरकारले थप्नुपर्ने भनेको भएपनि पाटन नगरपालिकाले त्यो कार्यान्वयन नगरेकाले आफूहरु आन्दोलित भएको बालविकास सहजकर्ता अनिता महराले बताइन् । उनले भनिन् ‘शुरुमा बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलबमा वृद्धि गरेको भएपनि पछि काटिएको छ । हाम्रो माग पूरा नहुँदा सम्म तालाबन्दी जारी रहनेछ ।’

Atrya hospital

संघीय सरकारले स्थानीय श्रोतबाट तलब थपेर खुवाउनुपर्ने परिपत्र गरेकाले बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब बढाउन अप्ठ्यारो परेको नगरपालिकाले जनाएको छ । बालविकास सहजकर्ता र विद्यालय कर्मचारीहरुले राखेका मागप्रति आफूहरु सकारात्मक रहेको भएपनि बजेट अभावका कारण समस्या भएको नगर उपप्रमुख सरस्वती कोलीले बताइन् । 

अहिले नगर प्रमुख जिल्ला बाहिर रहेकाले नगरप्रमुख आउने बित्तिकै बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलबका बिषयमा छलफल गरिने उपप्रमुख कोलीले बताइन् । 

तर बालविकास सहजकर्ता र विद्यालय कर्मचारीहरुले आफूहरुका माग पूरा नहुँदा सम्म तालाबन्दी जारी रहने बताएका छन् । 
 

प्रकाशित मिति: आइतबार, साउन ३१, २०७८  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update