Sagun Khabar
बैतडीमा भिरबाट लडेर स्वास्थ्य स्वयंमसेविको मृत्यु

बैतडी- बैतडीमा भिरबाट लडेर एक महिलको मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका–०८ कोटिगाँउ जमाडीकी २९ वर्षिया स्वास्थ्य स्वयंमसेविका समेत रहेकी सिता बिष्टको मृत्यु भएको वडाध्यक्ष तपेन्द्र सिह बिष्टले बताए ।  

पौष २९ गते घर नजिकै जगंलमा घास काट्ने क्रममा भिरबाट लडेर बिष्ट गम्भीर घाईते भएकि थिईन । गम्भीर अवस्थामा रहेकि बिष्टलाई उपचारको लागि डडेल्धुरा लगिएको थियो । डडेल्धुरामा उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएकी बिष्टलाई धनगढीबाट पनि अस्पतालले उपचार सम्भव नभएको भन्दै घर पठाएको पारिवारीक श्रोतले जनाएको छ । 

Atrya hospital

अचेत अवस्थामा रहेकि बिष्टलाई घर ल्याउदैँ गर्दा मंगलबार राति बाटोमै मृत्यु भएको वडाध्यक्ष बिष्टले बताए । सिता बिष्ट वडा न ८ मा बिगत २०६९ सालदेखी स्वास्थ्य स्वयंमसेविकाको रुपमा कार्यरत रहेको आधारभुत स्वास्थ्य केन्द्र मेलौलीका प्रमुख दिपक प्रसाद बागले बताए । 

मृतक बिष्टका एक छोरा र एक छोरी छन । मृतक सिताका श्रीमान रोजगारीको लागि भारत गएका र विगत दुई तिन वर्षदेखी सम्पर्क विहिन अवस्थामा रहेका छन । सासुआमा र दुई छोराछोरीको साथमा रहदैँ आएकी बिष्टको मृत्युले परिवार बिच्चलीमा परेको छ । 

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update