Sagun Khabar
बैतडीमा आज दुईजना संक्रमणमुक्त 
Atrya hospital

बैतडी-बैतडीमा आज दुईजना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा जिल्लामा नयाँ संक्रमितको संख्या शुन्य रहेको छ । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या २८ जना रहेका छन् ।

सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा १९ जना, दोगडाकेदार गाउँपालिकामा २ जना, सिगास गाउँपालिकामा २ जना, पाटन नगरपालिकामा २ जना, पुर्चौंडी नगरपालिकामा २ जना र सुर्नया गाउँपालिकामा एकजना रहेका छन् ।

जिल्लाका चारओटा स्थानीय तहमा तत्कालका लागि कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका छन् । मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र डिलाशैनी गाउँपालिमा सक्रिय संक्रमित शुन्य रहेका हुन् । 

प्रकाशित मिति: आइतबार, साउन ३१, २०७८  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update