Sagun Khabar
सुदूरपश्चिममा आज सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेश सरकारले पुस २९ गते (आज) सार्वजनिक बिदा दिएको छ।

थारु समुदायको माघी पर्वको अघिल्लो दिन आज बंगुर काटने (जिता)को अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।

प्रदेश राजपत्रमा पनि पुस २९ गते जिता पर्व भनेर उल्लेख छ। पुस अन्तिम दिन थारु समुदायमा बंगुर (जिता) मारेर सामूहिक रूपमा पर्व मनाउने प्रचलन रहेको छ।

थारु समुदायमा माघी पर्वलाई नयाँ वर्ष मान्ने प्रचलन छ। सो अवसरमा माघ १ गते भने संघीय सरकारले राष्ट्रिय पर्वको रूपमा नै बिदा दिइँदै आइएको छ।

प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  ०८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update