Sagun Khabar
प्रेस सेन्टर बैतडीको अध्यक्षमा डि आर भट्ट चयन 

बैतडी –प्रेस सेन्टर नेपाल बैतडीको अध्यक्षमा डि आर भट्ट चयन भएका छन् । 

शनिबार बैतडीका सम्पन्न भएको छैटौं जिल्ला सम्मेलनले भट्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । 

उक्त समितिको उपाध्यक्षमा गोविन्द पन्त, महिला उपाध्यक्षमा हजारी महरा, सचिवमा केशव भट्ट,सह–सचिवमा राजेन्द्र महर, कोषाध्यक्षमा जयन्ती भट्ट लगायत अन्य सदस्यहरु चयन भएका छन् । सम्मेलनले ११ सदस्यीय कमिटि चयन गरेको हो । 

प्रेस सेन्टर नेपाल बैतडी शाखाका निवर्तमान अध्यक्ष करुणाकर भट्टको अध्यक्षता तथा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज रामसिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनमा पूर्व प्रदेश सांसद एवं नेकपा माओवमदी केन्द्रका बैतडी सह इन्चार्ज प्रेम प्रकाश भट्ट आदित्य लगायतका प्रेस सेन्टर नेपालका अन्य नेताहरुको समेत उपस्थिति रहेको थियो ।
 

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  ०८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update