बैतडी–बैतडीको शिवनाथ गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरुमा दुई दिन सार्वजनिक बिदा दिइएको छ ।
गाउँपालिकामा शुक्रबारदेखि सञ्चालन हुने पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको अवसरमा पौष २६ र २८ गते विद्यालयहरुमा सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।
बिहीबार अध्यक्षस्तरको निर्णयबाट विद्यालयहरुमा सार्वजनिक बिदा दिइएको हो । नागार्जुन मावि शर्मालीमा सञ्चालन हुने पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विद्यार्थीहरुको सहभागितालाई दृष्टिगत गरेर सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए ।
प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१ १३:४७
प्रतिक्रिया दिनुहोस्