Sagun Khabar
बैतडी पुर्चौंडीका एक युवकको भारतमा निधन 

बैतडी–बैतडीको पुर्चौंडीका एक युवकको भारतमा मृत्यु भएको छ । 

पुर्चौंडी नगरपालिका–७ ऐरीगाउँ घर भइ हाल रोजगारीको सिलसिलामा भारतको बेंगलोरमा रहेका अन्दाजी ३६ बर्षीय मदन लुहारको मृत्यु भएको हो । 

Atrya hospital

स–परिवार बेंगलोरमा बस्दै आएका लुहारको बुधबार निधन भएको स्थानीय पुरनसिंह ऐरले जानकारी दिए । स्वास्थ्यमा समस्या आएर अस्पताल भर्ना गरिएका लुहारको मृत्यु भएको उनले बताए । 

चार बर्ष पहिला लुहारको पुर्चौंडीमा रहेको पहिरोले भासिएपछि उनी परिवार समेत भारत लगेर गएका थिए । मृतक लुहारका श्रीमति, दुई छोरी र एक छोरा रहेका छन् । 

लुहारको मृत्यु भएपछि उनको परिवार विचल्लीमा परेको छ । 
 

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update