बैतडी–बैतडीको सुर्नया गाउँपालिकाले दृृष्टिविहिन एकजना छात्रलाई ल्यापटप प्रदान गरेको छ । एसस्टीभ प्रविधिबाट चलाउन मिल्ने ल्यापटप सुर्नया–५ का कृष्णप्रसाद भट्टलाई हस्तान्तरण गरिएको हो ।
जन्मजात दृष्टिविहिन भट्टले ब्रेन लिपिको माध्यमबाट शिक्षा हाँसिल गरिरहेका र उनको पठनपाठन कार्यमा सहजताका लागि ल्यापटप प्रदान गरिएको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए ।
दृष्टिविहिनहरुले चलाउन मिल्ने ल्यापटप खरीद गरेर भट्टलाई हस्तान्तरण गरिएको हो । ल्यापटपले भट्टको पठनपाठन कार्यमा केही सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष कुँवरले बताए ।
प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१ १८:५७
प्रतिक्रिया दिनुहोस्