Sagun Khabar
कांग्रेसभित्रका विकृति हटाउन कार्यकर्ता जुट्नुपर्छ : नेता चन्द 

बैतडी –बैतडीको पाटनमा नेपाली कांग्रेसले अन्तरक्रिया सम्पन्न गरेको छ । कांग्रेसको संगठनलाई बलियो बनाउने अभियान अन्तर्गत पाटनमा अन्तरक्रिया गरिएको नेपाली कांग्रेस बैतडीका जिल्ला कार्यसमिति सदस्य रमेशसिंह भण्डारीले बताए । प्रत्येक पालिकामा अन्तरक्रिया गर्ने योजना अनुसार पाटनमा शनिबार आज अन्तरक्रिया सम्पन्न गरिएको उनले बताए । 

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य विनयध्वज चन्दले नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले विपीको विचार अगाल्नुपर्नेमा जोड दिए  । पछिल्लो समयमा पार्टीभित्र चरम गुटबन्दी भईरहेकाले यसको अन्त्यका लागि सच्चा कार्यकर्ता एक हुनुपर्नेमा उनले जोड दिए । उनले भने ‘अहिले पार्टीभित्र थुप्रै समस्याहरु रहेका छन् । ती समस्याहरुबाट पार्टीलाई पार लगाउन इमान्दार कार्यकर्ता एकजुट हुनु जरुरी छ ।’

Atrya hospital

विपी विचार राष्ट्रिय समाजका केन्द्रिय महासचिव समेत रहेका चन्दले नेपाली कांग्रेस भित्र रहेका विकृतिहरुलाई हटाउन कांग्रसजनहरु सचेत हुनुपर्ने बताए । 

नेपाली कांग्रेस पाटन नगर कार्यसमितिको आयोजनामा भएको अन्तरक्रियामा नेता चन्द प्रमुख अतिथी रहेका थिए । नगरकार्य समिति सभापति सिद्धराज भट्टको अध्यक्षतामा भएको कार्यक्रममा नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

यसअघि नेता चन्दकै सहभागितामा मेलौली, दोगडाकेदार र डिलाशैनीमा पनि अन्तरक्रिया सम्पन्न गरिएको छ । सुर्नया गाउँपालिका र दशरथचन्द नगरपालिकामा पनि केही दिनभित्रै अन्तरक्रिया गरिने जिल्ला कार्यसमिति सदस्य भण्डारीले जानकारी दिए । 
 

प्रकाशित मिति: शनिबार, साउन ३०, २०७८  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update