Sagun Khabar
बैतडीमा अक्षयकोषबाट २७ जना विद्यार्थीलाई छात्रवृति वितरण

बैतडी–बैतडीको एक विद्यालयले अक्षयकोषबाट २७ जना विद्यार्थीहरुलाई छात्रवृति वितरण गरेको छ ।

जिल्लाको दशरथचन्द नगरपालिका–५ स्थित दशरथचन्द मावि, सुन्दरखालीले अक्षयकोषबाट विद्यार्थीहरुलाई छात्रवृति वितरण गरेको हो । यही पौष १५ गते विद्यालयको बार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुलाई छात्रवृति वितरण गरिएको विद्यालयका प्रधानाध्यापक नरेन्द्रबहादुर चन्दले बताए । 

Atrya hospital

विद्यालयमा विभिन्न समयमा स्थापना भएका अक्षयकोषहरुबाट छात्राछात्राहरुलाई छात्रवृति प्रदान गरिएको छ । विपन्न तथा जेहेन्दार विद्यार्थीहरुको पठनपाठनमा यस्ता छात्रवृतिहरुले सहयोग पुर्याइ रहेको प्रधानाध्यापक चन्दले बताए । 

यो बर्ष पदमराज भट्ट स्मृति शैक्षिक छात्रवृति ८ जनालाई प्रदान गरिएको छ भने मैनेजर तेजबहादुर चन्द स्मृति शैक्षिक छात्रवृति ८ जनालाई प्रदान गरिएको छ । कक्षा ११ र १२ अध्ययनरत विद्यार्थीहरुलाई प्रति विद्यार्थी दुई हजारका दरले दुवै छात्रवृति प्रदान गरिएको प्रधानाध्यापक चन्दले बताए । 

यस्तै प्रेमसिंह रावल एवं कलावती रावल स्मृति शैक्षिक छात्रवृति एकजनालाई प्रदान गरिएको छ । यो छात्रवृतिको राशी ५ हजार रुपैयाँ रहेको छ । उक्त छात्रवृति कक्षा ९ देखि १२ सम्म एकैजना विद्यार्थीलाई प्रदान गर्ने गरिएको छ । कक्षा ९ मा छनौट भएको विद्यार्थीलाई निरन्तर रुपमा कक्षा १२ सम्म उक्त छात्रवृति प्रदान गर्ने गरिएको बताइएको छ । 

यस्तै तारासिंह रावल स्मृति शैक्षिक छात्रवृति कक्षा ११ र १२ मा अध्ययनरत ५ जनालाई २ हजारका दरले प्रदान गरिएको प्रधानाध्यापक चन्दले बताए । 

यस्तै यसै बर्ष स्थापना भएको नारायणदत्त भट्ट एवं जयमतीदेवी भट्ट स्मृति शैक्षिक छात्रवृति कक्षा ६ देखि १० सम्मका ६ जनालाई १ हजार ५५ रुपैयाँका दरले प्रदान गरिएको विद्यालयले जनाएको छ । 

विद्यालयका स्थापना भएका अक्षयकोषले विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई सहयोग पुगेको विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष पार्वती चन्दले बताइन् ।  
 

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update