Sagun Khabar
जेष्ठ नागरिकलाई सम्मान गर्दै बैतडी कांग्रेस 

बैतडी–नेपाली कांग्रेस बैतडीले जेष्ठ नागरिकहरुलाई सम्मान गर्न थालेको छ । वडा सम्मेलन गरिरहेको कांग्रेसले वडाभित्र रहेका कांग्रेसका जेष्ठ क्रियाशील सदस्यहरुलाई दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिरहेको हो । 

नेपाली कांग्रेसमा लामो समय योगदान पुर्याएका जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान गर्ने गरिएको नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बताए । 

Atrya hospital

सोमबार बैतडीको शिवनाथ गाउँपालिका वडा नं १ र ३ को सम्मेलनमा जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान गरिएको नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए । नेपाली कांग्रेसको संगठन विस्तार र कांग्रेसमा पुर्याएको योगदानको कदर गर्दै जेष्ठ नागरिकलाई सम्मान गरिएको उनले बताए । 

यसअघि मेलौली नगरपालिका र दशरथचन्द नगरपालिकाका वडाहरुको सम्मेलन सम्पन्न गर्दै जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान गरिएको सभापति चन्दले बताए । बैतडीका ८४ ओटै वडामा रहेका कांग्रेसका जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको उनले बताए । ६५ बर्षमाथिका जेष्ठ क्रियाशील सदस्यहरुलाई कांग्रेसले सम्मान गरिरहेको हो । 

शिवनाथ गाउँपालिकामा भोलिसम्म वडा सम्मेलन गरिसक्ने योजना रहेको छ । वडा सम्मेलनमा क्रियाशील सदस्यता वितरणका साथै जेष्ठ नागरिक सम्मान कार्यक्रम राखिएको साउँदले बताए । 

शिवनाथमा वडा सम्मेलन, क्रियाशील सदस्यता वितरण र जेष्ठ नागरिक सम्मान कार्यक्रमका लागि सभापति चन्दका साथै सहसचिव दशरथ चाड, महाधिवेशन प्रतिनिधि कर्णसिंह साउँद, जिल्ला सदस्य कुष्मा चन्द, गाउँपालिका सभापति हिरा चन्द, नेविसंघ अध्यक्ष दिपेन्द्र ढुंगाल लगायतका नेता,कार्यकर्ताहरु खटिएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  ०९:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update