Sagun Khabar
बैतडीमा जिल्ला प्रशासन मास्क वितरण गर्दै 

बैतडी –कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि नागरिकलाई सचेत तुल्याउन जिल्ला प्रशासन कार्यालयले मास्क वितरण गर्न थालेको छ । कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउनका लागि स्वास्थ्यका मापदण्ड पालनामा ध्यान दिनुपर्ने भन्दै प्रशासन कार्यालयले मास्क वितरण गर्न थालेको हो । 

बिना मास्क घर बाहिर निस्केका नागरिकलाई सम्झाउँदै मास्क लगाउन आग्रह समेत गर्ने गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी  खगेन्द्र भारतीले बताए । उनले भने ‘कोरोना भाइरसको जोखिम अझै पनि कायमै रहेको छ । त्यसैले नागरिकलाई सतर्क रहन आग्रह गर्दै हामीले मास्क वितरण गरेका हौं ।’

Atrya hospital

शनिबार बैतडीको देहीमाण्डौंमा करीब ३ सय नागरिकलाई सम्झाउँदै मास्क वितरण गरिएको उनले बताए । अझै पनि धेरै नागरिकले स्वास्थ्य मापदण्ड परिपालनामा लापरवाही गरिरहेकाले नागरिकलाई सचेत गराउन यो अभियान थालिएको सूचना अधिकारी  भारतीले बताए । 

जिल्लाका अन्य बजारहरुमा पनि प्रशासनले क्रमशः मास्क वितरण गर्ने र स्वास्थ्य मापदण्ड पालनाका बारेमा जानकारी दिने जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, साउन ३०, २०७८  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update