Sagun Khabar
बैतडीमा शनिबार थप २ जनामा कोरोना पुष्टि 
Atrya hospital

बैतडी –बैतडीमा शनिबार थप २ जनामा कोरोना पुष्टि भएको छ । दशरथचन्द नगरपालिकाका एकजना र दोगडाकेदार गाउँपालिकाका एकजना गरी दुईजनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा अहिले ३० जना सक्रिय संक्रमित रहेका छन् ।

सक्रिय संक्रमित मध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा २१ जना रहेका छन् । यस्तै पाटन नगरपालिकामा २ जना, पुर्चौंडी नगरपालिकामा २ जना, दोगडाकेदार गाउँपालिकामा २ जना र सुर्नया गाउँपालिकामा एकजना सक्रिय संक्रमित रहेका छन् ।

जिल्लाका चारओटा स्थानीय तहमा तत्कालका लागि कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र डिलाशैनी गाउँपालिकामा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका बताइएको छ । 

प्रकाशित मिति: शनिबार, साउन ३०, २०७८  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update