Sagun Khabar
बैतडीमा भोलीदेखि कोभीशिल्डको दोश्रो मात्रा दिइने 

बैतडी –बैतडीमा कोभीशिल्डको खोपको दोश्रो मात्रा भोलीदेखि दिइने भएको छ । कोभीशिल्ड खोपको पहिलो मात्रा लगाएका नागरिकका लागि दोश्रो मात्रा दिइने स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए । यसअघि कोभीशिल्डको खोपको पहिलो मात्रा लगाएका नागरिकलाई दोश्रो मात्राका एस्ट्राजेनिका खोपको व्यवस्था गरिएको उनले बताए । कोभीशिल्ड र एस्ट्रजेनिका एउटै खोप भएकाले कोभीशिल्ड लगाएकाहरुलाई दोश्रो मात्रा एस्ट्राजेनिका खोप दिने तयारी भएको हो । 

जिल्लामा कोभीशिल्ड खोपको पहिलो मात्रा लगाएका १६ हजार १९६ नागरिक रहेकाले उनीहरुलाई खोपको दोश्रो मात्रा दिइने खोप सुपरभाइजर निरीक्षक भट्टले जानकारी दिए । 

Atrya hospital

खोप अभियान अन्तर्गत साउन ३१ र ३२ गते पाँचओटा पालिकामा खोप सञ्चालन हुनेछ । दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका र दोगडाकेदार गाउँपालिकामा साउन ३१ र ३२ गते खोप दिइनेछ । 
यस्तै डिलाशैनी गाउँपालिकामा साउन ३२ र भदौ १ गते खोप दिइने स्वास्थ्य कार्यालयले जनाएको छ । यसैगरी पञ्चेश्वर गाउँपालिका, सिगास गाउँपालिका, सुर्नया गाउँपालिका र पुर्चौंडी नगरपालिकामा भदौ १ र २ गते खोप अभियान सञ्चालन हुनेछ । 

प्रत्येक वडामा खोप केन्द्र तोकिएकाले खोपको पहिलो मात्रा लगाएको खोप कार्ड सहित खोपकेन्द्रमा उपस्थित हुन आग्रह गरिएको छ । 

यस्तै खोपकेन्द्रमा जाँदा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालाना गर्न समेत स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले आग्रह गरे । उनले भने ‘कोरोना भाइरसको जोखिम अझै पनि कायमै रहेको छ । त्यसैले स्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न आग्रह गदैछौं ।’
 

प्रकाशित मिति: शनिबार, साउन ३०, २०७८  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update