Sagun Khabar
पहिरोका कारण अवरुद्ध भीमदत्त राजमार्ग सुचारु

बैतडी –पहिरोका कारण बन्द भएको  भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ।

यो राजमार्गको कटाल भन्ने ठाउँमा पहिरो खस्दा हिजो बेलुकादेखि बन्द  भएको थियो ।

Atrya hospital

डोजर, प्रहरी र स्थानीय नागरिकको सहयोगमा राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

राजमार्ग खुलेसँगै जाममा परेका यातायात गन्तव्यतिर लागेका जिल्ला प्रहरी कार्यालय डोटीको सह–प्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए ।
सडकमा खसेको पहिरो हटाएसंगै सवारी साधन सञ्चालनमा आएका छन् । 

प्रकाशित मिति: शनिबार, साउन ३०, २०७८  ०९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update