Sagun Khabar
बर्षाले धनगढीका विभिन्न क्षेत्रमा डुबान 

कैलाली –सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढी डुबानमा परेको छ । लगातारको बर्षाले धनगढीका विभिन्न सरकारी कार्यालयहरु समेत जलमग्न भएका छन् । 

सरकारी कार्यालय जलमग्न भएपछि सेवा प्रवाहमा समस्या भएको छ बिहीबार रातिदेखि भइरहेको वर्षाले कार्यालयहरु जलमग्न बनेका हुन् ।

वर्षाले सुदूरपश्चिम प्रदेशसभा सचिवालय, जिल्ला प्रहरी कार्यालय कैलालीको कार्यालय परिसर, विद्युत् प्राधिकरण धनगढी शाखाको प्राङ्गण, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लगायतका अधिकांश सरकारी कार्यालयहरु जलमग्न बनेका हुन् । 
 

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८  १६:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update