Sagun Khabar
बैतडीमा शुक्रबार थप एकजनामा कोरोना पुष्टि, एकजना संक्रमणमुक्त
Atrya hospital

 बैतडी –बैतडीमा शुक्रबार थप एकजनामा कोरोना पुष्टि भएको छ । दशरथचन्द नगरपालिकाका वडा नं १० का २४ बर्षीय एकजनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै एकजना आज संक्रमणमुक्त भएका स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा अहिले २८ जना सक्रिय संक्रमित रहेका छन् ।

सक्रिय संक्रमित मध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा २० जना रहेका छन् । यस्तै पाटन नगरपालिकामा २ जना, पुर्चौंडी नगरपालिकामा २ जना, सिगास गाउँपालिकामा २ जना, दोगडाकेदार गाउँपालिका र सुर्नया गाउँपालिकामा एक÷एक जना सक्रिय संक्रमित रहेका छन् ।

बैतडीका ४ ओटा स्थानीय तहमा तत्कालका लागि कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र डिलाशैनी गाउँपालिकामा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका स्वास्थ्य कार्यालयले जनाएका छन् । 

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update