Sagun Khabar
बैतडीको शिवनाथमा भदौ २ गतेदेखि विद्यालय सञ्चालन हुने 

बैतडी –बैतडीको शिवनाथ गाउँपालिका आगामी भदौ २ गतेदेखि विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेको छ । शुक्रबार विद्यालयका प्रधानाध्यापकहरुसंग बैठक बसेर विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए । लामो समयदेखि विद्यालय बन्द हुँदा बालबालिकाहरुमा नकारात्मक प्रभाव परेकाले विद्यालय सञ्चालन गर्ने निर्णय भएको उनले बताए । 

शिवनाथ गाउँपालिकामा तत्कालका लागि कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका गाउँपालिकाले जनाएको छ । कोभीडको संक्रमण कम हुँदै गएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालनमा ल्याउने निर्णय भएको गाउँपालिका अध्यक्ष साउँदले जानकारी दिए । 

Atrya hospital

शिवनाथ गाउँपालिकामा ३५ ओटा सामुदायिक विद्यालय रहेका छन् । शिक्षणका वैकल्पिक माध्यम पनि प्रभावकारी नभएकाले विद्यालय सञ्चालनको निर्णय भएको हो । प्रत्येक विद्यालयमा मास्क र सेनेटाइजरको व्यवस्थाका लागि गाउँपालिकाले पहिला नै रकम पठाईसकेको अध्यक्ष साउँदले बताए । 

यसअघि जिल्लाको मेलौली नगरपालिकाले पनि साउन १० गतेदेखि विद्यालय सञ्चालनमा ल्याईसकेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update