Sagun Khabar
बिमा भरे अनुदान दिन्छु भन्दै ठगी गर्ने बैतडीका भुवन औजी फरार 
Atrya hospital

बैतडी – बिमा भरे अनुदान दिन्छु भनेर ठगी गर्दै हिड्ने बैतडीको पाटन नगरपालिका ६ का भुवन औजी फरार रहेका छन् । केही महिना पहिला बैतडी र कञ्चनपुरमा पुगेर सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा बिमा भरे अनुदान दिन्छौं भनेर लाखौं रुपैया ठगी गरेका औजी फरार रहेका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए । औजी २०७० सालको संविधानसभा निर्वाचनमा उम्मेद्वार रहेको पनि पाइएको छ । 

ठगिकै मुद्दामा जिल्लाको पाटन नगरपालिका वडा नं २ सिलंगाका ३४ बर्षीय कमलराम विक भने जेल चलान भएका छन् । ठगी मुद्दामा पक्राउ परेका विकलाई पुर्पक्षका लागि जेल चलान गरिएको प्रहरी निरीक्षक शाहीले जानकारी दिए । औजी फरार रहेकाले उनका नाममा अदालतले वारेन्ट जारी गरेको छ । 
दुवै जनाले बैतडी र कञ्चनपुरबाट करीब ३० लाख ठगी गरेको प्रहरीले दाबी गरेको छ । बिमा भरेमा अनुदान दिन्छु भन्दै ठगि गरेपछि पीडितहरुको निवेदनका आधारमा प्रहरीले अनुसन्धान शुरु गरेको थियो । 
अनुसन्धान गर्दै जाँदा दुवैजना ठगि कार्यमा संलग्न रहेका पाइएका प्रहरी निरीक्षक शाहीले बताए । उनले भने ‘कमलराम विकलाई पक्राउ गर्न सफल भयौं । अर्का भुवन औजी भने फरार छन् । उनको खोजी भईरहेको छ ।’
 

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update