Sagun Khabar
डिलाशैनीमा अस्पताल निर्माण कार्य विवादमा, एमाले अध्यक्ष पाललाई कारवाही गर्न कांग्रेसको माग 

बैतडी –बैतडीको डिलाशैनी गाउँपालिकामा १० शैइयाको अस्पताल निर्माण कार्य विवादमा तानिएको छ । सरकारले डिलाशैनी स्वास्थ्यचौकीलाई स्तरोन्नती गरी १० शैइयाको अस्पताल निर्माण गर्न भनेपनि पालिकाले बनल्वाँ भन्ने ठाउँमा निर्माण गर्न थालेपछि स्थानीयबासीहरुले विरोध जनाएका छन् । 

डिलाशैनी स्वास्थ्यचौकीलाई नै स्तरोन्नती गर्ने भनेपनि पालिकाले एकलौटी रुपमा पायक नपर्ने ठाउँमा १० शैइयाको अस्पताल निर्माण कार्य थालेपछि स्थानीयहरुले अवरोध गरेका हुन् । उनीहरुले जिल्ला प्रशासन कार्यालयमा समेत ज्ञापन पत्र बुझाएका छन् । 

बनल्वाँ भन्ने ठाउँमा कुनैपनि हालतमा अस्पताल निर्माण कार्य उपयुक्त नभएकाले आफूहरुले अस्पताल निर्माणमा अवरोध गरेको स्थानीय विश्राम धामीले बताए  । डिलाशैनी स्वास्थ्यचौकी धामीगाउँलाई अस्पतालमा स्तरोन्नती गर्ने भन्ने परिपत्र आएकाले सोही अनुसार गराउनुपर्ने आफूहरुको माग रही आएको उनले बताए । 

Atrya hospital

एमाले बैतडीका अध्यक्ष सुरेन्द्र पालले जबरजस्ती अर्कै ठाउँमा अस्पताल निर्माणको काम गर्न खोजेको स्थानीयहरुले आरोप लगाएका छन् । 

काममा अवरोध गर्नेलाई स्काभेटरले पुरीदेउ भन्ने खालको पालले बोलेको अडियो बाहिर आएपछि अहिले स्थानीयहरु झन् आक्रोशित भएका छन् । 

यसैबीच एमाले अध्यक्ष पालको अभिव्यक्तिप्रति नेपाली कांग्रेस डिलाशैनीले आपत्ती जनाएको छ । पालले अडियो कुराकानीमा अस्पताल निर्माणमा अवरोध पुर्याउनेलाई माटो खन्याएर पुरिदेउ भन्ने  कुराकानी गरेका छन् । 

यसले नागरिकलाई आपसमा भिडाई अस्पताल निर्माण हुन नदिने योजनाको रुपमा लिएको कांग्रेसले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । पालको अभिव्यक्ति गैरजिम्मेवार र गैरकानुनी भएकाले कानुन अनुुसार कारवाही गर्न समेत कांग्रेसले माग गरेको छ । 

नेपाली कांग्रेस डिलाशैनी गाउँकार्य समिति सभापति विश्राम धामीद्वारा हस्ताक्षरित विज्ञप्तीमा एमाले अध्यक्ष पाललाई कानुन अनुसार कारवाही गर्न माग गरिएको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८  ०९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update