Sagun Khabar
बैतडीमा साउन ३१ देखि कोभीशिल्ड खोपको दोश्रो मात्रा दिइने (सूची सहित) 

बैतडी –बैतडीमा कोभीशिल्डको खोपको दोश्रो मात्रा यही साउन ३१ गतेदेखि दिइने भएको छ । कोभीशिल्ड खोपको पहिलो मात्रा लगाएका नागरिकका लागि दोश्रो मात्रा दिने हिसाबले खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए । 

यसअघि कोभीशिल्डको खोपको पहिलो मात्रा लगाएका नागरिकका लागि एस्ट्राजेनेकाको खोप जिल्लामा आइपुगेको उनले बताए  । 

Atrya hospital

जिल्लामा कोभीशिल्ड खोपको पहिलो मात्रा लगाएका १६ हजार १९६ नागरिक रहेकाले उनीहरुलाई खोपको दोश्रो मात्रा दिइने खोप सुपरभाइजर निरीक्षक भट्टले जानकारी दिए । 

खोप अभियान अन्तर्गत साउन ३१ र ३२ गते पाँचओटा पालिकामा खोप सञ्चालन हुनेछ । दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका र दोगडाकेदार गाउँपालिकामा साउन ३१ र ३२ गते खोप दिइनेछ । 

यस्तै डिलाशैनी गाउँपालिकामा साउन ३२ र भदौ १ गते खोप दिइने स्वास्थ्य कार्यालयले जनाएको छ । यसैगरी पञ्चेश्वर गाउँपालिका, सिगास गाउँपालिका, सुर्नया गाउँपालिका र पुर्चौंडी नगरपालिकामा भदौ १ र २ गते खोप अभियान सञ्चालन हुनेछ । 

प्रत्येक वडामा खोप केन्द्र तोकिएकाले खोपको पहिलो मात्रा लगाएको खोप कार्ड सहित खोपकेन्द्रमा उपस्थित हुन आग्रह गरिएको छ । 

यस्तै खोपकेन्द्रमा जाँदा स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालाना गर्न समेत स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८  ०७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update