Sagun Khabar
बैतडीको पाटन नगरपालिका वडा नं १ की वडा सदस्य राधि लुहारको मृत्यु 
Atrya hospital

बैतडी –बैतडीको पाटन नगरपालिका वडा नं १ का वडा सदस्य राधि लुहारको मृत्यु भएको छ । ४७ बर्षीया राधिको ब्लड क्यान्सका कारण बुधबार मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । 

लामो समयदेखि उपचारमा रहेका लुहारको मृत्यु भएको हो । वडा सदस्य लुहारको मृत्यु भएपछि पाटन नगरपालिकाले दुःख व्यक्त गरेको छ । 

यस्तै नेकपा माओवादी केन्द्र पाटन नगरकमिटिले पनि लुहारको मृत्यु प्रति दुःख व्यक्त गरेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८  ०७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update