Sagun Khabar
जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट जडानको काम शुरु भएन् 

बैतडी –जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट स्थापनाको काम अझै थालिएको छैन । गत असारभित्र अक्सिजन प्लान्ट निर्माण सम्पन्न गर्नेगरी हेल्थ केयर सप्लायर्स, काठमाडौंसँग सम्झौता भएको भएपनि कम्पनीले हालसम्म पनि प्लान्ट जडानको काम शुरू नगरेको हो । 

प्लान्ट स्थापना गर्न संघीय सरकारबाट १ करोड ५० लाख र सुदूरपश्चिम प्रदेश सरकारबाट ८० लाख रुपैयाँ बजेट प्राप्त भएको थियो ।  बोलपत्र आह्वान गरी सप्लायर्स छनोट गरेपनि हालसम्म पनि जडानको काम शुरू नभएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले बताए । गत आर्थिक वर्षको असारभित्र प्लान्ट स्थापना गर्ने भनेर सम्झौता भएको जोशीले बताए । 

Atrya hospital

कोरोना महामारीको दोस्रो लहर फैलिएसँगै जिल्लामा अक्सिजन अभाव भएपछि प्रदेश सरकार र संघीय सरकारले प्लान्ट स्थापनाका लागि बजेट विनियोजन गरेको थियो । 

अहिले तेस्रो लहर आउने सम्भावना बढेपनि प्लान्ट स्थापनाको काम नहुँदा महामारी फैलियो भने पनि उपचारमा समस्या हुने देखिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन २८, २०७८  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update