Sagun Khabar
बैतडीमा बिहीबार ७ जना संक्रमणमुक्त, नयाँ संक्रमित शुन्य 
Atrya hospital

बैतडी –बैतडीमा बिहीबार ७ जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा रहेका सक्रिय संक्रमित मध्ये ७ जना कोरोना संक्रमणमुक्त भएका स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो २४ घण्टामा बैतडीमा नयाँ संक्रमितको संख्या शुन्य रहेको छ । जिल्लामा अहिले २८ जना सक्रिय संक्रमित रहेका छन् ।

सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा २९ जना, पुर्चौंडी नगरपालिकामा २ जना, पाटन नगरपालिकामा २ जना, सिगास गाउँपालिकामा २ जना, दोगडाकेदार र सुर्नया गाउँपालिकामा एक÷एक जना रहेका छन् ।

तत्कालका लागि बैतडीका चारओटा स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका छन् । मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र डिलाशैनी गाउँपालिकामा सक्रिय संक्रमित शुन्य रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, साउन २८, २०७८  १७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update