Sagun Khabar
बैतडीको सुर्नयामा एक घर पहिरोको जोखिममा,पीडितलाई खाद्यान्न सहयोग 
Atrya hospital

बैतडी –लगातारको बर्षाले घरमाथिबाट पहिरो खसेपछि सुर्नया ४ को खाडावनमा एक परिवार विस्थापित भएका छन् । घरमाथिबाट पहिरो खसेका कारण घर भत्किने अवस्थामा पुगेपछि कौसादेवी कुँवर छिमेकीको घरमा बसेका हुन् ।


पहिरोले घर नै लैजाने अवस्था आएपछि कुँवरलाई छिमेकीको घरमा स्थानान्तरण गरिएको रौलेश्वर प्रहरीचौकीका प्रमुख प्रहरी सहायक निरीक्षक भुवन चन्दले जानकारी दिए । कौसा एकल महिला रहेका र उनको घरमा अरु कोही नभएको उनले बताए । 

कौसादेवीको घर जोखिममा परेको खबरपछि गाउँपालिकाका तर्फबाट खाद्यान्न सहयोग समेत गरिएको छ । गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्ट आँफै उपस्थित भएर पीडित कौशालाई खाद्यान्न सामग्री सहयोग गरेका हुन् । ५० केजी चामल, नुन, खानेतेल, दाल लगायतका खाद्यान्न सामग्री वितरण गरिएको प्रहरी सहायक निरीक्षक चन्दले बताए । 
 

प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  १९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update